"जरादेखि हाँगासम्म — पूर्वजको गौरव, वर्तमानको शान, भविष्यको मार्गदर्शन"
From roots to branches — ancestral glory, present honour, future guidance
जुम्लाको सिञ्जा क्षेत्रबाट आउनुभएका हाम्रा पूर्वजहरू धादिङ साल्दुममा बसोबास गर्नुभयो। मौदगल्य गोत्र र मष्ट मण्डली कुलदेवता भएका सनातनी परिवार।
सिम्खडा वंशको इतिहास निकै पुरानो र गौरवशाली छ। प्राचीन कालमा पश्चिम नेपालको जुम्ला जिल्लाको सिञ्जा क्षेत्रमा बसोबास गर्ने हाम्रा पूर्वजहरू समयक्रममा धादिङ, गोरखा र काठमाडौँसम्म फैलिनुभयो।
जुम्लाको सिञ्जाबाट सुरु भएको यात्रा — धादिङ साल्दुमसम्म, र त्यसपछि समग्र नेपाल र विश्वभर।
मौदगल्य गोत्रका हाम्रा पूर्वजहरू पश्चिम नेपालको जुम्ला जिल्लाको सिञ्जा क्षेत्रमा बसोबास गर्दथे। कृषि व्यवसायको खोजीमा तीन भाइले पूर्वतर्फ यात्रा गरे।
पूर्वज रामुपाध्या सिम्खडा धादिङ जिल्लाको बसेरी हुँदै कार्कीगाउँमा आई अन्ततः साल्दुममा स्थायी बसोबास गर्नुभयो। Deurali डाँडामा मष्ट मण्डलीको थान स्थापना गरिनु भयो।
श्री बालकृष्ण सिम्खडा र बज्यै बिष्णुमायाले साल्दुममा बसोबास गरी ठूलो पँधेरो र चौतारी निर्माण गर्नुभयो। उहाँका छ भाइ छोराहरूबाट विशाल वंश विस्तार भयो।
धादिङ, गोरखा, काठमाडौँ र नेपालका विभिन्न भागमा सिम्खडा परिवारको फैलावट। सेना, शिक्षा, व्यापार र सेवामा उल्लेखनीय योगदान। ब्रिटिश गोर्खा सेनामा प्रथम सहभागिता।
७.८ रिक्टर स्केलको भूकम्पले कुल पूजा मन्दिर ध्वस्त भयो। सिम्खडा परिवारले रू. ९३,७९,९६४ संकलन गरी मन्दिरको पुनर्निर्माण गर्यो।
श्री दुर्गाप्रसाद सिम्खडाद्वारा लगभग १० वर्षको परिश्रमपछि "सिम्खडा वंशावली" प्रकाशित। ६५० प्रतिमा असोक विनायक प्रिन्टिङ प्रेसबाट मुद्रण। बैसाख २०८३।